मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन : पाँचौं दिनपछि मध्यरातबाट मतदान सुरु

onlinekhabar.com · Wed Jun 24 18:25:40 GMT 2026

११ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि बल्ल मतदान सुरु भएको छ ।

असार ७ गतेबाट सुरु भएको मतदान अहिले ११ गतेको सुरु भएपछि मतदान सुरु भएको हो । अहिले १२ बजेपछि मात्रै मतदान सुरु भएको हो ।

यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिएको थियो । त्यसपछि लामो प्रतीक्षामा रहेका मतदाता भोट हाल्न लाइनमा लाग्न थालेका थिए ।

कतिपय प्रतिनिधि भने भोट नै नहालेर महाधिवेशन स्थलबाट हिँडिसकेका छन् । मतदान बिहान १० बजेसम्म जारी राख्ने भनिएको छ ।

यसअघि महाधिवेशन असार ७ देखि ९ गतेसम्म चल्ने भनिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)