मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

canadanepal.com · Wed Jun 24 18:22:30 GMT 2026

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै काफ्लेले चितवनबाट काठमाडौं फर्किने क्रममा आफ्नो परिवारसँग सम्बन्धित एउटा तस्वीरलाई लिएर तथ्यहीन समाचार बनाइएको बताएकी हुन् । उनले तस्वीरमा सुरक्षाकर्मीले बोकेको ब्याग आफ्नो नभई ती सुरक्षाकर्मीको निजी ब्याग भएको स्पष्ट पारेकी छन् ।काफ्लेले समाचार प्रकाशनअघि घटनाको वास्तविकता बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै तथ्यहीन अड्कलबाजीमार्फत आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन् । उनले केही सञ्चारमाध्यमले विगतदेखि नै आफूलाई विभिन्न व्यक्तिसँग तुलना गर्दै समाचार बनाउने र टिप्पणी गराउने क्रम चलाइरहेको उल्लेख गर्दै यसपटकको घटनाले आफू बोल्न बाध्य भएको बताएकी छन् ।

“राजनीतिक परिवेश परिवर्तन भइरहेको अवस्थामा सार्वजनिक व्यक्तित्व र उनीहरूको परिवारप्रति आम मानिसको चासो हुनु स्वाभाविक हो। तर गलत सूचना र अनुमानका आधारमा कसैको मानहानी गर्नु स्वीकार्य हुन सक्दैन,” उनले लेखेकी छन्।काफ्लेले आफू सार्वजनिक व्यक्तित्व भए पनि यस्ता विषयलाई कानुनी प्रक्रियामार्फत अघि बढाउन सकिने बताएकी छन्। तथापि, यो विषय सानो भएकाले तत्काल कानुनी बाटो नअपनाई आम नागरिकका रूपमा आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)