कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख
ratopati.com · Thu Nov 13 18:56:00 GMT 2025

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूकाबिच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)