मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
ratopati.com · Wed Jun 24 18:31:54 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
निर्वाचन आयोगले बुधबार राति १०ः३० बजेदेखि मतदान सुरु हुने जानकारी दिएको थियो । यसअघि १० बजेका लागि तय गरिएको समय सारेर साढे १० पुर्याइएको थियो । तर, मध्यरात १२ बजे सक्दा पनि मतदान सुरु भएको छैन ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू राति ११ बजेदेखि नै लाइनमा बसेका छन् । मतदान सुरु हुने तयारीमा रहेको भनिए पनि प्रतिनिधिहरू लामो समयदेखि प्रतीक्षारत छन् ।
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)