दमौली बजारका घर हटाउने प्रक्रिया अगाडि बढाउने सहमति
lokaantar.com
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घरहरु हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आजको बैठकले छ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनुपर्ने घर हटाउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको हो ।
व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत् पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले सम्बन्धित वडाध्यक्ष, प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा उक्त सहमति गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)