ललितपुरको छम्पीमा भैरवको ख्वापाःसहितको आर्ट भिलेज
deshsanchar.com · Sun Aug 18 17:15:51 UTC 2024

काठमाडौँ – ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृति)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ। पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने र उक्त ख्वापाः विश्वकै ठूलो हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनको दाबी छ।
ख्वापाःलाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ। भवनको अगाडीपट्टी ख्वापाः र भवनमा कला सङ्ग्रहालय स्थापना हुनेछ। कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)