खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु
baahrakhari.com · Sun Aug 18 17:32:28 UTC 2024

खोटाङ । झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ ।
तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल प्रमुख डा. रूपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)