काठमाडौँ छोडेपछि फर्कियो निद्रा
gorkhapatraonline.com · Sun May 31 23:26:34 GMT 2026

अहिले गाउँ छोड्ने लहर छ । लहर र रहरभन्दा जागिरका लागि इस्मा गाउँपालिका–६, अमरपुर स्याँलाखोलाका ७२ वर्षीय मीनबहादुर अर्यालले २०६१ सालमा गाउँ छोड्नुभएको थियो । कीर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका अर्यालले १४ वर्ष अध्यापन गर्नुभयो । छोराबुहारी उतै भएकाले २०६२ सालमा घर पनि बनाउनुभयो । उहाँ २०७६ सालमा स्वैच्छिक अवकाश लिएर चार वर्ष काठमाडौँमा बस्नुभयो । सहरमा सुविधा, परिवार र स्थायित्व सबै हुँदाहुँदै पनि मन भने शान्त हुन सकेन ।
काठमाडौँ बसाइका कारण उहाँले सबैभन्दा बढी गुमाउनुभएको थियो– निद्रा । काठमाडौँको व्यस्तता र कोलाहल जीवनशैलीले उहाँलाई रातभर जाग्राम बस्न बाध्य बनायो । निद्रा लागोस् भनेर औषधीसमेत सेवन गर्नु परेको अनुभव अर्यालसँग छ । उहाँले भन्नुभयो, “रातमा स्लिपिङ ट्याब्लेट नखाई निद्रा नलाग्ने अवस्था थियो । जीवनमा सबैभन्दा ठुलो कुरा सन्तुष्टि र स्वतन्त्रता रहेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)