रेस्टुरेन्टमा आगलागी, ३५ लाख रुपियाँ बराबरको क्षति
gorkhapatraonline.com · Wed Sep 16 18:13:32 GMT 2026

कञ्चनपुरको महेन्द्रनगर बजारस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । बुधवार दिउँसो ३ः३५ बजेको समयमा महेन्द्रनगर बजारको गल्ली नम्बर ४ स्थित एमडी रेस्टुरेन्टमा अचानक आगलागी हुँदा ३५ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।
विद्युत्को तार सर्ट भएर लागेको आगो झन्डै एक घण्टापछि नेपाल प्रहरी, नेपाली सेना तथा दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)