मुसाबाट सर्छ हान्टा भाइरस
gorkhapatraonline.com · Sun May 31 23:35:21 GMT 2026

विश्वका विभिन्न मुलुकमा हान्टा भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि नेपाल सरकारले पनि सतर्कता अपनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तत्काल नेपालमा सङ्क्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाएको हो । मन्त्रालयले रोग निगरानी, स्वास्थ्य सतर्कता तथा पूर्वतयारीका कामलाई तीव्र बनाएको जानकारी दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले विश्वव्यापी स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नेपालले आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय सीमानाका, विमानस्थलमा निरन्तर निगरानी भइरहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)