रसुवागढी नाकाबाट भित्रियाे ६ हजार ५ सयभन्दा बढी विद्युतीय गाडी (तस्वीरहरू)
shilapatra.com · Thu Jul 16 04:39:00 GMT 2026

उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ । नेपाली बजारमा विद्युतीय सवारीको माग निरन्तर वृद्धि भएसँगै यस नाकाबाट हुने आयात र त्यसबापत संकलन हुने राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट करिब ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आयात भएका सवारीमा विद्युतीय कार, जिप, भ्यान तथा मिनीबस प्रमुख रहेका छन् । चीनका विभिन्न सहरबाट केरुङ हुँदै यी सवारी नेपाल ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)