बन्द १८ विमानस्थलमा साहसिक खेलदेखि गाँजाको व्यावसायिक उत्पादन योजनासम्म
ekantipur.com · Wed May 29 00:17:57 UTC 2024

काठमाडौँ — सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि नेपाल स्टार्टअप कोष खडा गरिने बताएका हुन् । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा समेत उल्लिखित यो नयाँ कार्यक्रम हो । प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा यो कार्यक्रम सञ्चालन हुने अर्थमन्त्री पुनले बताए ।
यसैगरी सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र कार्यसम्पादन सुधारका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउने घोषणा पनि गरेको हो । ई–गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने बजेटमा उल्लेख छ । ‘सेवाग्राही र सेवा प्रदायकबीच नियमित संवादमार्फत सम्पादित कामका विषयमा सेवाग्राहीको पृष्ठपोषण लिन, गुनासाको तत्काल सम्बोधन गर्न र कार्यसम्पादनमा सुधार ल्याउन सेवाग्राहीसँग शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘ई–गभर्नेन्सका माध्यमबाट सार्वजनिक सेवालाई मुहाररहित, कागजरहित र सम्पर्करहित बनाई गुणस्तर अभिवृद्धि गरिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)