स्कुटी दुर्घटनामा एकको ज्यान गयो, दुई घाइते
gorkhapatraonline.com · Wed Sep 16 18:20:34 GMT 2026

कपिलवस्तुको बाणगंगा नगरपालिका –४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडक खण्डमा स्कुटी र ई–स्कुटी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्।
बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लुप्र०१–०१२ प १२६५ नम्बरको स्कुटीले सोही दिशातर्फ गइरहेको लु३ त ७३८३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको लुप्र०१–००९ प २४०२ नम्बरको ई–स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)