त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
ratopati.com · Thu Jul 16 05:01:33 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ। केन्द्रले एक आधिकारिक सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको जनाएको हो।
नयाँ कानुनी व्यवस्था अनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ। यस नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले मिति २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)