मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवाका बाढीपीडितलाई जापानबाट आएका रमेश डङ्गोलद्वारा आर्थिक सहयोग

ratopati.com · Wed Sep 16 18:28:52 GMT 2026

काठमाडौँ । विगत १६ वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका रसुवा नौकुण्ड गाउँपालिका–६ श्रमथलीका रमेश डङ्गोलले गृहजिल्लाका बाढी तथा पहिरोपीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । बाढीको खबर पाएलगत्तै नेपाल आएर उनले राहत वितरण गरेका हुन् ।

डङ्गोलको ‘सेभन समुराई इन्टरनेशनल’ र ‘सुजुकी युनाइटेड एफसी’को संयुक्त आयोजनामा राहत सङ्कलन अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमा नेपाली जनसम्पर्क समिति जापानले ३ लाख २५ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको थियो भने अन्य व्यक्ति तथा संस्थाबाट पनि रकम सङ्कलन गरिएको थियो । सङ्कलित रकममा डङ्गोलले आफ्नो कम्पनी तथा व्यक्तिगत तर्फबाट करिब ५ लाख रुपैयाँ थप गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)