बागमती प्रदेश प्रमुख देवकोटाले एक महिनाको सुविधा उद्धार कोषमा जम्मा गर्नुहुने
gorkhapatraonline.com · Wed Sep 16 18:32:22 GMT 2026

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफूले पाउने एक महिनाको सुविधा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताउनुभएको छ । आफुले प्राप्त गर्ने भाद्र भहिनाको मासिक सुबिधाबाट २०८३ भाद्र १६ गते पहिलो किस्ता र भाद्र ३१ गते दोस्रो किस्ता गरी एक महिनामा आफुले प्राप्त गर्ने सवै सुबिधा जम्मा गर्ने बताउनुभएको हो ।
प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भोगिरहेका भोटेकोसी क्षेत्रका पीडितहरूको अवस्था बुझ्न उहाँ भाद्र १३ गते नुवाकोटको बिदुरस्थित त्रिसुली नदी जानुभएको थियो । पीडित हरुको घाउमा मलम लगाउन र उहाँहरूको पुनर्स्थापनामा थोरै भए पनि राहत पुगोस् भन्दै उहाँले सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)