अर्थमन्त्री डा. वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै
gorkhapatraonline.com · Wed Sep 16 18:44:32 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जानुहुने भएको छ। बुधवार बसेको मन्त्रीपरिषद् बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको हो।
उहाँ बिहीवार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुनेछ । विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)