नेता गिरिको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
deshsanchar.com · Sun Aug 21 00:38:05 GMT 2022
काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिकाे शनिबार निधन भएकाे छ। सांसद समेत रहेका गिरिकाे शनिबार राति साढे ९ बजेपछि निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हाे।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य ७५ वर्षीय गिरिकाे निधनमा कांग्रेसले दु:ख व्यक्त गरेकाे छ।स्वर्गीय गिरिले पार्टीको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएकाे अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने पार्टीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)