स्वास्थ्य स्वयंसेविकाद्वारा बाढी पीडितलाई आर्थिक सहयोग
ratopati.com · Wed Sep 16 19:02:36 GMT 2026

काभ्रे । बनेपा नगरपालिकाका–१ देखि वडा नं १४ सम्म कार्यरत ८२ महिला स्वास्थ्य स्वयंसेविकाले रसुवाको भोटेकोशीमा गएको बाढी पहिरोबाट पीडितका लागि रु ८२ हजार सहयोग गरेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकाले प्रतिव्यक्ति रु एक हजारका दरले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए। बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले स्वयंसेविकाले उक्त रकम प्रदान गरेका हुन् । सहयोगका लागि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)