दाउन्ने दुःखका सबकहरू
annapurnapost.com · Mon Jun 01 00:17:57 GMT 2026

देशको पूर्वदेखि पश्चिमको भाग जोड्ने एकमात्रै राजमार्ग हो, पूर्वपश्चिम राजमार्ग। पूरै राजमार्ग स्तरोन्नति गर्नुपर्ने छ। त्यसको पनि बुटवल—नारायणगढ खण्ड स्तरोन्नति सरकारले २०७५ सालमा थालेको थियो। ३ वर्षमा सक्ने भनेको १ सय १३ किलोमिटर खण्ड अब बल्ल पूरा हुने चरणमा आइपुगेको छ। ९२ प्रतिशत भौतिक प्रगति हुनु उपलब्धि त हो तर यसले दिएका पाठहरू धेरै छन्।
हाम्रो देशको विकासको नमुना यो सडक किन हो भने अरू ठूला पूर्वाधार झंै यो पनि बेलामा सकिएन। धेरै अप्ठ्यारा, उकाली, आरोली र मोडहरू पार गरेर सम्पन्नको संघारमा आइपुग्यो। असार लाग्न लाग्दा खुसीको खबर के भने अब ६ लेनको सडकमा गाडी गुड्न पाउँदैछन्। बुटवलबाट काठमाडौं आउन २४ घण्टा लाग्ने गरेकामा अब ५ घण्टामा झरेको छ। १४ किलोमिटरको दाउन्ने खण्ड पूरा हुन मात्रै वर्षाैं लाग्यो। बर्खामा दिनभर जसो नै सडक बन्द हुने र गाडीको ताँती लाग्ने भयो। रातारात सडक निर्माण वा अरू पूर्वाधार खडा गर्न सक्ने देश चीनको ठेकेदार कम्पनीलाई जिम्मा दिँदा पनि यत्तिका वर्षमा मात्रै सडक स्तरोन्नति सकिन लाग्नुको खास कारण के हो भन्ने गहन र मननयोग्य पक्ष हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)