कसरी हार्यो इङ्गल्याण्डले ?
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँगको हारपछि इङ्गल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीतिक निर्णयहरूलाई लिएर तीव्र आलोचना शुरू भएको छ। खेलको ५५औँ मिनेटमा १–० को अग्रता बनाएको इङ्गल्याण्डले अन्तिम ३७ मिनेटमा अपनाएको अत्यधिक रक्षात्मक शैली नै टोलीको हारको मुख्य कारण बनेको विश्लेषण गरिएको छ।
खेलको ७२औँ मिनेटसम्म इङ्गल्याण्डले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो। तर, शुरूवाती गोलकर्ता एन्थोनी गोर्डनलाई मैदानबाट हटाएर डिफेन्डर एज्री कोन्सालाई मैदान प्रवेश गराएपछि इङ्गल्याण्डको आक्रमण भुत्ते हुन पुग्यो। प्रशिक्षक टुचेलले टोलीलाई ‘ब्याक–फोर’ बाट ‘ब्याक–फाइभ’ संरचनामा लगेपछि अर्जेन्टिनालाई दबाब बनाउन झन् सहज भयो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)