मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षा बजेटमा सामान्य वृद्धि

ekantipur.com · Wed May 29 00:22:02 UTC 2024

काठमाडौँ — सरकारले २०८१/८२ मा सुरक्षा क्षेत्रका लागि २ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ । जुन चालु वर्षको तुलनामा ६ अर्ब ११ करोडले बढी हो । राष्ट्रिय सुरक्षा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड र रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गरिने उल्लेख गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने बताए । ‘सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिनेछ,’ पुनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)