राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग
ratopati.com · Wed Sep 16 19:24:09 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीहरूले १५ लाख ७४ हजार ५४७ रुपैयाँ ११ पैसा सहयोग उपलब्ध गराएका छन् ।
बाढी प्रभावित रसुवा, नुवाकोट तथा धादिङका नागरिकको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी सङ्घका अध्यक्ष दिनेश विक्रम थापाले सो रकम बराबार चेक आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)