इरान युद्धमा आठ देशका सैन्य अधिकारीको बैठक
barnanmedia.com · Wed Sep 16 19:15:00 GMT 2026

इरानसँग जारी युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे छलफल गर्न अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा गोप्य बैठक गरेका छन् । सहभागी सरकारहरूले सार्वजनिक नगरेको उक्त बैठक यस किसिमको पहिलो उच्चस्तरीय सैन्य भेला भएको बताइएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको आयोजनामा भएको बैठकमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, कतार, जोर्डन र इजिप्टका वरिष्ठ सैन्य अधिकारी सहभागी थिए । अमेरिकी सेन्ट्रल कमान्डले मध्यपूर्वमा क्षेत्रीय सुरक्षा सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)