रोयल च्यालेन्जर्स बेङलुरुलाई आईपीएलको उपाधि
kendrabindu.com · Mon Jun 01 00:47:38 GMT 2026

अहमदाबाद । रोयल च्यालेन्जर्स बेङलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रक्षा गरेको छ । विराट कोहलीले अविजित ७५ रन बनाएपछि बेङलुरुले आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो ।
ओपनर कोहलीले ४२ बल खेली ९ चौका र ३ छक्का प्रहार गरेपछि बेङलुरुले गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शकमाझ १ सय ५६ रनको लक्ष्य १२ बलअगाडि १ सय ६१ रन बनाउँदै पूरा गर्यो । यस प्रतियोगितामा कोहलीको यो पाँचौं अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)