कुशलको कीर्तिमानी शतकमा नेपाल समूह विजेता, मलेसियामाथि १६८ रनको फराकिलो जित
kalakarmi.com · Thu Jun 04 11:07:37 GMT 2026
काठमाडौं- ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङ्सको मद्दतमा नेपालले मलेसियालाई १६८ रनले पराजित गर्दै एसियाली खेलकुद (एसियाड) छनोट प्रतियोगिताको सेमिफाइनलमा समूह विजेताका रूपमा स्थान सुरक्षित गरेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १०८ रनमा सीमित भयो। हारका बाबजुद मलेसिया समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्न सफल रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)