दवी देवता नै गरिबको ‘न्यायालय’
rajdhanidaily.com · Wed Sep 06 23:15:45 GMT 2023
कालिकोट । अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन््, गरिबको न्यायालय त देवीदेवताका थान हुन्् । यो भनाइ रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्कीको हो । उनले थपे, ‘बिना पैसामै जतिबेला पनि भाकल र वर माग्न सकिने गाउँघरकै देवीदेवताका थान हामी जस्ताका लागि न्यायालय हुन् ।’
गाउँमा केही घटना होस् वा वादविवाद, जे जस्ता विवाद निम्तिए पनि गाउँकै देवीदेवताका मठमन्दिरकै थानका घण्टमा कसम खाएर छोएपछि सत्य त्यहीबाट आउँछ भन्ने जनविश्वास यहाँ रही आएको छ । गोरे सार्की मात्र हैनन् यहाँका ग्रामीण क्षेत्रका नागरिक अझै पनि देवीदेवताकै विश्वास मान्दै आएका छन् । सोही गाउँकै नन्दाराम तिमिल्सेना भन्छन्, ‘मुद्दा मामिला भनेको त हुने खानेका लागि मात्र रहेछ । हामी जस्ता निमुखाका लागि न्यायालय छैनन् । पैसा जसले पेल्यो, उसैका लागि न्याय छ यो देशमा । गाउँका सोझासाझा मान्छेका लागि त यिनै देवीदेवता छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)