राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण
gorkhapatraonline.com · Mon Jun 01 01:05:54 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)