डाँकाचोरी गर्ने विशाल समूह २०औँपटक पक्राउ : पहिचान फेर्दै लुटपाट
baahrakhari.com · Thu Jun 04 11:07:22 GMT 2026

काठमाडौं । काठमाडौंबाट यही जेठ १० गते काभ्रेको बनेपाका निम्ति हिँडेकी थिइन्, ललितपुरको महाँकाल गाउँपालिका–३, गोटीखेलकी ३२ वर्षीया पार्वती सञ्जेल । उनी चढेको बस दिउँसो १ बजेर ५० मिनेटमा बनेपा नगरपालिका–१०, पुतलीबजार पुग्यो ।
मध्य दिउँसोको समय । बसमा असुरक्षित हुने उनले कल्पना गरेकी थिइनन् । हातमै बोकेकी थिइन्, पैसासहितको ‘मिनि ब्याग’ । बसमा अरू महिला र युवा पनि थिए । त्यति बेला नै सञ्जेलको सिटनजिकै बसेका चार युवाले उनको हातबाट ब्याग खोसेर भागे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)