मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मध्यरातकाे भूकम्पले जाजरकाेट र पश्चिम रुकुममा ११ काे मृत्यु

shilapatra.com · Fri Nov 03 19:52:00 GMT 2023

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भूकम्पबाट मानवीय र भौतिक क्षतिका विवरणहरु आउन थालेका छन् । पश्चिम रुकुमको आठबिसकोटमा १४ जनाको मृत्य भएको खबर आएको छ ।

पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाकाे वडा नं ११ मा ७ जना, वडा नं १२ मा ४ जना, वडा नं १३ मा ३ जनासहित जम्मा १४ जनाको मृत्यु भएको आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। शाहीका अनुसार उनीहकाे पहिचान भने खुलेको छैन्। शिलापत्र सँग शाहीले अहिलेसम्म वडा नम्बर १२ मा तीन जना र ११ नम्बर वडामा सात जनाको मृत्यु भएको / अन्य घाइतेहरुको उद्धारकार्य जारी रहेकाे बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)