बैंगलुरू फेरी पनि आईपीएल च्याम्पियन
hamrakura.com · Mon Jun 01 00:00:00 GMT 2026
काठमाडौँ । १८ वर्षसम्म उपाधिको पर्खाइ। त्यसपछि लगातार दुईवटा उपाधि! रोयल च्यालेन्जर्स बैंगलुरूले आईपीएलमा आफ्नो इतिहास नै बदलिदिएको छ। कुनै समय अपेक्षाकृत प्रदर्शन गर्न नसक्नेको ट्याग पाएको यो टोली अहिले लगातार दोस्रो पटक च्याम्पियन बनेको छ। आइतबार खेलिएको फाइनल भिडन्तमा गुजरातलाई ५ विकेटले पराजित गर्दै बैंगलुरूले आईपीएल २०२६ को ट्रोफी आफ्नो नाममा गरेको हो।
बैंगलुरूका कप्तान रजत पाटीदार लगातार दुईवटा आईपीएल ट्रोफी जित्ने इतिहासकै तेस्रो कप्तान बनेका छन्। यसअघि महेन्द्र सिंह धोनी (२००९, २०१०) र रोहित शर्मा (२०१९, २०२०) ले मात्र यस्तो सफलता हासिल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)