कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो गोल
onlinekhabar.com · Wed Jun 24 20:47:44 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले तेस्रो गोल प्रहार गरेको छ ।
८० औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका एर्मिन महमिकले गोल प्रहार गरेका हुन् । यो सँगै कतारसँग बोस्निया एन्ड हर्जगोभिनाले ३–१ ले अग्रता लिएको छ ।
यसअघि खेलको २९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा कतारका सुल्तान अलब्रेकले आत्मघाती गोल गर्दा बोस्निया एन्ड हर्जगोभिनालाई २–० को अग्रता कायम भयो ।
त्यसपछि कतारका हसन अल्हाएदोसले ४२ औं मिनेटमा एक गोल प्रहार गरेर खेललाई २–१ को अवस्थामा पुर्याएका थिए ।
अहिले ८० औं मिनेटको गोलले खेल ३–१ को स्थितिमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा