मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

के हो मस्तिष्कघात, कस्ता व्यक्ति जोखिममा हुन्छन् ?

baahrakhari.com · Thu Nov 09 01:00:00 GMT 2023

काठमाडौं । पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात अर्थात् स्ट्रोक मृत्युको प्रमुख कारण बनेको छ । रगत आपूर्ति गर्ने धमनीहरू फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै जमेर वा अन्य कारणले रक्त नली थुनिन गई स्नायु तन्तुहरूमा अक्सिजनलगायतका तत्वहरू आपूर्ति हुन नसकेको र तन्तुहरू मरेको अवस्था मस्तिष्कघात हो ।

सामान्यतया बिहानी समयमा यो समस्या देखिन्छ । सुतेको अवस्थामा रक्तसञ्चार सामान्य रहन्छ भने उठेर चल्दा हुने परिवर्तनले यो समस्या निम्त्याउन सक्ने बताउँछन् वरिष्ठ न्युरोसर्जन डा. राजिव झा ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)