आईपीएल क्रिकेट : बैङ्गलुरुद्वारा उपाधि रक्षा, गुजरात ५ विकेटले पराजित
arthasansar.com

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै उपाधि रक्षा गरेको हो ।
गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए । त्यस्तै वेंकटेश अय्यरले पनि टोलिका लागि ३२ रनको योगदान दिए । गुजरातका रशिद खानले २ विकेट लिए । त्यस्तै मोहमद सिराज, कागिसोर रवाडा र अर्शद खानले सामान एक एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)
टी-२० विश्वकप