‘गौँथली’ले मेरो सोच बदलिदियो, बालविवाह अझै यथार्थ रहेछ’ : सिम्रन खड्का
kalakarmi.com · Thu Jul 16 06:52:10 GMT 2026

काठमाडौं- साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । फिल्मकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न स्थानमा पुगेर दर्शकमाझ फिल्मको प्रचारमा जुटिरहेकी छन् ।
उनले ‘गौँथली’को कथा, आफूले निभाएको पात्र,फिल्मले दिएको जीवनदृष्टि, अभिनय यात्रादेखि नेपाली समाजका विद्यमान समस्यासम्मका विषयमा खुलेर धारणा राखिन् । सिम्रनका अनुसार ‘गौँथली’ कुनै एक पात्रको कथा मात्र होइन, आफ्नो सपना पूरा गर्न अनेक बाधा पार गर्दै अघि बढ्ने हरेक महिलाको प्रतिनिधि कथा हो । उनले भनिन्, ‘सबैको जीवनमा केही बन्ने, केही गर्ने इच्छा हुन्छ । ‘गौँथली’ पनि त्यस्तै एउटा युवतीको कथा हो, जसको सबैभन्दा ठूलो सपना भनेको पढ्नु हो । जीवनमा अनेक उतारचढाव आएपनि आफ्नो लक्ष्यबाट नडगमगाउने पात्र हो ‘गौँथली’।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)