समूह 'बी'को शीर्षस्थानमा स्विट्जरल्याण्ड, कतार विश्वकपबाट बाहिरियो
baahrakhari.com · Wed Jun 24 21:06:58 GMT 2026
काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै स्विट्जरल्याण्ड समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ । क्यानडालाई २-१ले पराजित गर्दै स्वीट्जरल्याण्ड सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
स्विट्जरल्याण्डका लागि रुवेन वर्गासले ४६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, खेलको ५६ औँ मिनेटमा जोआन मुन्जाबिकले गोल गर्दै अग्रता बढाए । ७५ औँ मिनेटमा क्यानडाका नाथ सालिभाले गोल फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)