इयु–क्यानाडा सहकार्य विस्तारको तयारी
barnanmedia.com · Wed Sep 16 20:15:00 GMT 2026

बदलिँदो विश्व परिस्थितिमा आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासबीच युरोपेली सङ्घ (इयु) र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्त्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी गरेका छन् ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपेली संसद्मा वार्षिक सम्बोधन गर्दै क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्नुहुने भएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सहभागी हुनुहुने र बिहीबार संसद्लाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । इयुको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उहाँ पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)