मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा

ratopati.com · Wed Jun 24 21:10:17 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा क्यानडालाई २–१ गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड समूह विजेता बनेको छ । यो जितसँगै स्वीट्जरल्याण्ड शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै स्वीट्जरल्याण्डले अग्रता लिएको थियो । ४६ औँ मिनेटमा रुबेन भर्गासले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । ५७ औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थपेपछि स्वीट्जरल्याण्ड २–० ले अगाडि बढ्यो । क्यानडाका लागि ७६ औँ मिनेटमा प्रमिस डेभिडले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । हारका बाबजुद क्यानडा समूहमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय