मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ

ratopati.com · Wed Jun 24 21:15:57 GMT 2026

काठमाडौँ । समूह चरणको अन्तिम खेलमा कतारलाई ३–१ गोल अन्तरले पराजित गर्दै बोस्निया र हर्जगोभिनाले समूह ‘बी’ मा तेस्रो स्थान सुरक्षित गरेको छ । यो हारसँगै कतार जारी विश्वकपबाट बाहिरिने छैटौँ टोली बनेको छ ।

अमेरिकाको सियाटल स्टेडियममा भएको खेलमा बोस्नियाका लागि २९ औँ मिनेटमा केरीम अलाज्बेगोभिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा कतारका सुल्तान अल–बराकले आत्मघाती गोल गरेपछि बोस्नियाको अग्रता दोब्बर भयो । ४२ औँ मिनेटमा कतारका हसन अल–हैदोसले एक गोल फर्काए पनि ८० औँ मिनेटमा बोस्नियाका एर्मिन महमिचले गोल गर्दै ३–१ को जित सुनिश्चित गरे ।

यो जितसँगै बोस्नियाको ४ अंक पुगेको छ । समूहमा तेस्रो स्थानमा रहे पनि ४ अंकका साथ बोस्नियाको नकआउटमा पुग्ने सम्भावना कायमै रहेको छ । यता, कतार भने समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)