नेपालमा १५ देखि २४ वर्षका ९.३ प्रतिशत युवामा डिप्रेसन, महिलामा तनावको सम्भावना दोब्बर
baahrakhari.com · Thu Jul 16 07:16:30 GMT 2026

काठमाडौं । नेपालमा मानसिक तथा मनोसामाजिक सहयोग प्रणालीलाई सुदृढ पार्न सरकार र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमको नाम ‘संयुक्त राष्ट्रसंघीय संयुक्त मानसिक स्वास्थ्य सहयोग कार्यक्रम (२०२५–२०२८)’ राखिएको छ ।
स्वीट्जरल्यान्ड सरकारको सहयोगमा सञ्चालित नयाँ कार्यक्रमअन्तर्गत महिला, बालबालिका, किशोरकिशोरी र विपन्न समुदायलाई प्राथमिकतामा राखेर तीन प्रदेशमा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगमा पहुँच विस्तार गरिनेछ । यो तीनवर्षे कार्यक्रम संघ, प्रदेश र स्थानीय तहमा गुणस्तरीय मानसिक स्वास्थ्य एवं मनोसामाजिक सहयोग सेवामा पहुँच विस्तार गर्न केन्द्रित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)