ममता बनर्जीलाई अर्को झट्का : १६ सांसदको फोन बन्द, २२ जना पार्टी फुटाउन तयार
annapurnapost.com · Sat Jun 06 07:37:12 GMT 2026

भारत : पश्चिम बंगाल विधानसभा चुनावमा पराजय भोगेपछि ममता बनर्जीलाई लगातार राजनीतिक झट्का लागिरहेको बताइएको छ । पहिले ५८ जना विधायकले विधानसभामा अलग तृणमूल कांग्रेस (टीएमसी) समूह गठन गरे भने अब २२ जना सांसद पनि संसदमा छुट्टै मोर्चा बनाउन तयार रहेको खबर सार्वजनिक भएको छ ।
पश्चिम बंगालमा सत्ता गुमाएपछि र ५८ विधायकको विद्रोह सामना गरेपछि टीएमसीको अस्तित्वमै संकट आउन सक्ने चर्चा सुरु भएको छ । दिल्लीमा पार्टीको संसदीय दलभित्र ठूलो विभाजनको तयारी भइसकेको बताइन्छ । समाचारअनुसार, अर्को साता ममता बनर्जी–अभिषेक बनर्जी विपक्षी इण्डिया गठबन्धनको बैठकका लागि दिल्ली पुग्दा कम्तीमा २२ सांसदले विद्रोह गर्दै आफूहरूलाई ‘वास्तविक टीएमसी’ घोषणा गर्न सक्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)