चिनियाँ विदेशमन्त्री युरोप भ्रमणमा जाने
ratopati.com · Mon May 08 22:38:00 GMT 2023
बेइजिङ । चीनले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन गाङले यसै साता युरोपको भ्रमण गर्ने बेइजिङले सोमबार जनाएको छ । किनले सोमबारदेखि शुक्रबारसम्म जर्मनी, फ्रान्स र नर्वेका समकक्षीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जानकारी दिए
“जर्मन विदेशमन्त्री एनालेना बेयरबोक, फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोना र नर्वेका विदेशमन्त्री एन्निकेन हुइटफेल्टको निमन्त्रणामा चिनियाँ राज्य परिषद् सदस्य तथा विदेशमन्त्री किन गाङले मे ८ देखि १२ सम्म जर्मनी, फ्रान्स र नर्वेको भ्रमण गर्नुहुनेछ,” वाङले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)