मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वन पैदावार र आर्थिक समृद्धि

rajdhanidaily.com · Wed Jan 03 23:30:15 GMT 2024

साधारणतया एक व्यक्तिलाई प्रतिदिन ५ सय ५० लिटर अक्सिजन चाहिन्छ । बजार मूल्य प्रतिलिटर हजारका दरले एक व्यक्तिलाई प्रतिदिन ५ लाख ५० हजार रुपैयाँबराबरको अक्सिजन चाहिन्छ । यसबाहेक एउटा रूखले प्रत्येक वर्ष सञ्चित गरेको सरदर ९६ टनसम्म भूमिगत पानी वाष्पीकरणमार्फत वायुमण्डलमा रहन सघाउ पु¥याउँछ । वस्तुतः मानव स्वास्थ्य तथा पर्यावरणको संरक्षणमा रूखबिरुवाहरूको धेरै योगदान हुन्छ । एउटा परिपक्व रूखले ५० वर्षमा फल तथा सौन्दर्यबाहेक अक्सिजन उत्सर्जन, वायु प्रदूषण न्यूनीकरण, बाढीपहिरो नियन्त्रण, माटोको उर्वराशक्ति अभिवृद्धि, जलीय चक्र प्रवाहमा सघाउलगायत वन्यजन्तुहरूलाई बासस्थान प्रदान गर्छ ।

एउटा वयस्क स्वस्थ रूखको अक्सिजन उत्पादन क्षमता वार्षिक १ सय ३ लिटरसम्म हुन्छ, जसबाट कुनै पनि व्यक्तिको श्वासप्रश्वासमा मद्दत पुग्छ । यसबाहेक एउटा रूखले वायुमण्डलबाट वार्षिक २२ केजी कार्बनडाइअक्साइड ग्यास अवशोषण गर्छ, जसबाट सम्पूर्ण मानव जातिलाई फाइदा हुन्छ । नेपालको अन्दाजी ८७ प्रतिशत भूभाग पहाडले ढाकेको छ । यहाँ बाढीपहिरोका कारण करिब ६० प्रतिशत जनता जोखिम अवस्थामा छन् । वास्तवमा प्राकृतिक प्रकोप नियन्त्रण तथा न्यूनीकरणका लागि वनजंगल प्रवद्र्धन तथा संरक्षणले महत्वपूर्ण भूमिका खेल्नसक्छ । त्यति मात्र नभई वनजंगलबाट कार्बन बिक्री गरी आर्थिक समृद्धि पनि गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)