मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति

ratopati.com · Wed Jun 24 21:51:35 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहँदा उम्मेदवारहरूको वरीयता क्रमलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका निवर्तमान केन्द्रीय सदस्य एवं सांसद गणेश कार्कीले विद्युतीय भोटिङ मेसिन (ईभीएम) मा उम्मेदवारहरूको नाम कुन आधारमा राखिएको हो भन्दै गम्भीर प्रश्न उठाएका हुन् ।

विभिन्न प्राविधिक कारण र विवादले गर्दा लामो समय रोकिएको मतदान प्रक्रिया मध्यरात १२ बजेपछि मात्रै सुरु भएको थियो । रास्वपाले निर्वाचनका लागि ईभीएम प्रणाली प्रयोग गरे पनि उम्मेदवारहरूको नाम कुन मापदण्डले तल–माथि पर्‍यो भन्ने विषयमा कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्कीले फेसबुकमार्फत आफ्नो नाम खुलातर्फ १३३ नम्बरमा रहेको जानकारी दिँदै निर्वाचन आयोगको प्रक्रियामाथि प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नामको स्थान तोकियो ?’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)