असोजमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
ratopati.com · Wed Sep 16 21:15:00 GMT 2026

२०८३ असोज महिनाको राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध ८ गतेसम्म प्रतिस्पर्धा भावमा र ९ गतेबाट व्यापार भावमा । शुक्र व्यापार भावमा । बृहस्पति सुख भावमा । शनि खर्च भावमा । मङ्गल सुख भावमा गोचर गरिरहेका छन् । मेष राशि भएका व्यक्तिहरूका लागी यो महिना राम्रो रहेको छ । महिनाभर नै सूर्य, बृहस्पति, शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । यात्रा, मनोरञ्जन तथा भेटघाटमा समय व्यातित हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी पद प्राप्तिको योग रहेको छ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा तथा खाद्यान्न व्यवसायी तथा गरगहनाको व्यापार गर्नेहरूका लागी समय उत्तम रहेको छ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक लाभ हुनेछ । तर पनि महिना भरि नै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । सवारी साधनमा यात्रा वा फाली फलामको काम गर्दा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि स्वगृह, उच्च तथा ३, ६ , ११ भावमा बलवान मानिनेछ र शुभ फल प्राप्त हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)