मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पक्की सडकले जोडिँदै पर्वतका गाउँ

abhiyandaily.com

पर्वत । पर्वतका सातै स्थानीय तहहरूको केन्द्र तथा मुख्य ग्रामीण क्षेत्र जोड्ने कच्ची सडक पक्की बनाउन थालिएको छ । जिल्लामा कच्ची सडक बाह्रैै महीना सञ्चालन हुनेगरी कालोपत्रको काम अघि बढाइएको हो । देश संघीयतामा गएसँगै बनेका तीनओटै सरकारले पालिका जोड्ने सडक र विभिन्न मुख्य ग्रामीण सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेका छन् ।

पूर्वाधार विकास कार्यलय पर्वतका प्रमुख कृष्ण आचार्यले संघ र प्रदेश सरकारले पर्वतमा रहेका मुख्य ग्रामीण सडक बाह्रै महीना सवारीसाधन सञ्चालनमा आउनेगरी स्तरोन्नति र कालोपत्र गर्ने काम अघि बढाएको बताए । आचार्यले जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका, पैयँु गाउँपालिका र महाशिला गाउँपालिका जोड्ने मुख्य सडकहरू वर्षभरि सञ्चालनमा ल्याउन कालोपत्र गर्ने काम अघि बढिरहेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)