इरान नाकाबन्दीमा १०३ व्यापारिक जहाजको मार्ग परिवर्तन
barnanmedia.com · Wed Sep 16 21:15:00 GMT 2026

इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गराउन अमेरिकी सेनाले सेप्टेम्बर १५ सम्म १०३ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जनाएको छ ।
सेन्टकमका अनुसार नाकाबन्दीको पालना सुनिश्चित गर्न ती जहाजलाई हर्मुज जलघाँटीबाट अन्य मार्गतर्फ पठाइएको हो । सेन्टकमले अरब सागरमा अमेरिकी नौसेनाको ‘युएसएस राफेल पेराल्टा’ बाट उडान गरिरहेको एमएच–६० सी हक हेलिकप्टरको भिडियोसमेत सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)