मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यान्मार गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

kendrabindu.com · Mon Jun 01 02:45:00 GMT 2026

काठमाडौं । उत्तरपूर्वी म्यान्माको एक भवनमा भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।घटनामा दर्जनौँ घाइते भएका छन् । भवनमा खानीका लागि प्रयोग हुने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौँ घरमा पनि क्षति पुगेको बताइएको छ ।

नाम्खाम शहरको काउङटुप गाउँमा दिउँसो भएको विस्फोटमा अन्य ७० जनाभन्दा बढी घाइते भएका छन् । यो क्षेत्र चीनको सीमाबाट करिब तीन किलोमिटर दक्षिणमा अवस्थित छ । यो म्यान्मा सरकारविरुद्ध लड्दै आएको सशस्त्र जातीय समूह ताङ नेशनल लिबरेसन आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)