मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

arthasansar.com

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २१ औँ वार्षिक साधारण सभा चैत्र १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा दिउसो १२ः३० बजेदेखि सुरू हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)