भदौमा हुने ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला
aarthiknews.com

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ। नाडाका अनुसार जेठ १८ गतेदेखि २६ गतेसम्म स्टल बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ।
नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीका रूपमा परिचित नाडा अटो शोमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न संस्था र कम्पनीहरूको सहभागिता रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)